
पोखरा(खेलाडी न्युज)-आर्दश युवा क्लबको आयोजना तथा मर्सिकोर जेनेरेशन एमर्जिङको सहयोगमा सञ्चालित अन्तरविद्यालयस्तरीय सेभेन ए साईड जि.ए कप फुटबल प्रतियोगितामा नेपाल आर्दश र त्रिभुवन शान्ति मावि फाईनलमा प्रवेश गरेका छन् ।
लेखनाथस्थित भण्डारढीक रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल आदर्श आवासिय विद्यालयले होली माउण्ट ईग्ंिलस स्कुललाई २–१ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसैगरी दोस्रो खेलमा त्रिभुवन शान्ति नमूना माविले ज्ञानज्योति विद्याकुञ्जलाई १–० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । उपाधिको लागि नेपाल आदर्श र त्रिभुवन शान्तिले शनिबार प्रतिस्पर्धा गर्ने छ ।
केही समय अघि क्लबले आयोजनामा सञ्चालित फुटबल ३ को अवधारणा अनुसार खेलाईएको गर्ल राईज स्पोर्टस लिग २०१९ मा सहभागि विभिन्न पाँच विद्यालयका खेलाडीलाई पुरस्कार शनिबार विद्यालयस्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको समापन समारोहमा प्रदान गरिने छ । गर्ल राईज स्पोर्टस लिगमा त्रिभुवन शान्ति नमूना मावि विजयी भएको थियो ।
अन्तरविद्यालयस्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको विजेताले २० हजार, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने विद्यालयले नगद १५ हजार प्राप्त गर्ने छ । उत्कृष्ठ खेलाडीले नगद २ हजार पुरस्कार पाउने प्रतियोगिता एवं मर्सिकोर जेनेरेशन एमर्जिङ कास्कीका कार्यक्रम संयोजक सुदिप न्यौपानले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…