
पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशले चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं ५ लाई पराजित गर्दै सुखद नजिता आत्मसात गरेको छ ।
आजदेखि काठमाडौंमा शुरु भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले प्रदेश नं ५ लाई २५–११ म पहिलो सेट जित्दै सुखद बनायो । तर दोस्रो सेटमा भने गण्डकीले प्रतिस्पर्धात्मक रुपमा गुमाउन पुग्यो । २४–२६ सेटको अवस्थामा गुमाएको गण्डकीले तेस्रो सेट भने फेरी आक्रामक खेल्दै २५–१६ ले लिदैं अग्रता लियो । चौथो सेट पनि २५–२०ले लिदैं जित सुनिश्चित बनायो ।
गण्डकी प्रदेशका लागि सन्जुविक्रम शाह(कप्तान), हरि पाण्डे, याम क्षत्री, अमृत केसी, कमल सुनार, सुजन चोखाल, रबी सेन्चुरी, किरण गिरी, रुपेन्द्र गैह्रे, ठकबहादुर गुरुङ, राजेन्द्र दर्नाल्र र योगेन्द्र गुरुङ रहेका छन् । टिम प्रशिक्षकमा राजकुमार गुरुङ, सहायक प्रशिक्षक रमेश केसी र व्यवस्थापकमा महेन्द्र छन्त्याल छन् । टोलीलाई आँधीखोला स्पोर्टस क्लब स्याङजा(हङकङ)का अध्यक्ष शंकर गुरुङले जर्सी सहयोग गरेका थिए ।
प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने गण्डकी प्रदेशका प्रशिक्षक राजकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ । file pic


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…