
पोखरा(खेलाडी न्युज)-चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको छ । आज भएको खेलमा पुलिससँग प्रदेश सोझो सेटमा पराजित भएको हो । पुलिसले गण्डकी प्रदेशलाई २५-२२, २५-२१ र २५-१७ को सेटमा पराजित गर्दै शीर्षस्थानमा रहँदै सेमिफाईनल समीकरण पुरा गरेको हो । अर्को खेलमा शसस्त्र प्रहरीबलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
गण्डकी प्रदेशले सेमिफाईनलमा एपीएफ क्लबसित प्रतिस्पर्धा गर्ने छ । भने अर्को दुई विभागीय क्लब नेपाल पुलिस क्लब र नेपाली सेना बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने गण्डकी प्रदेशका प्रशिक्षक राजकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…