विमला थाइल्याण्डमा हुने कराँते च्याम्पियनसिप सहभागिता जनाउने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-थाइल्याण्डमा आयोजना हुने खुल्ला कराँते च्याम्पियनसिपमा सहभागिता जनाउने पोखराकी सितेरियो कराँते खेलाडी विमला नेपालीलाई बिदाई गरिएको छ । उनलाई पोखरा रंगशालामा सोमबार विहान सितेरियो कराँते संघका अध्यक्ष एवं प्रशिक्षक सुरेन्द्र गुरुङ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदार लगायतले खादा लगाई शुभकामना दिदैं विदाई गरेका हुन् । । विमलाले एकल कातामा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए ।

खेलाडीको प्रोत्साहन गर्न जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत रहेका गोदारले नगद ५ हजार तथा संघले १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । विरौटा डोजोका प्रशिक्षक सुबिन गुरुङले खेलाडी विमलालाई ट्रयाकसुट हस्तान्तरण गरेका थिए । विमला गत वर्ष नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको वर्ष खेलाडी महिलाको पुरस्कारबाट सम्मानित भएकी हुन् ।