
पोखरा(खेलाडी न्युज)-उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतिमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । मुस्ताङे राजाको स्मरणसँगै सम्पूर्ण युवाहरुलाई खेलको माध्यामबाट एकीकृत बनाउने उद्देश्यले उपल्लो मुस्ताङको लो घेकर युवा क्लवले उक्त कपको आयोजना गरेको हो ।
आगामी साउन १ गते सम्म सञ्चालन हुने प्रथम लो ग्याल्पो झिग्मे स्मृती कपको उद्घाटन गर्दै मुस्ताङका पूर्व राजकुमार झिक्पेन प्रवल विष्टले मुस्ताङको राजाको इतिहासमा जहिले पनि जनताहरुलाई एकीकृत बनाउने उद्देश्यका साथ अगाडी वढेको इतिहासलाई निरन्तरता दिनका लो घेकर दामोदर कुण्ड गाउपालिकाले खेलेको भुमिकाको प्रशंसा गर्दै आफुपनि आफ्नो बावुवाजेको इतिहांसलाई मेटिन नदिने गरी सामाजिक काम मार्फत अगाडी वढ्ने वताए ।
मुस्ताङका प्रतिनिधी सभा सदस्य प्रेम तुलाचनले समेत मुस्ताङको राजाको इतीहास सवै जनतालाई एक ठाउमा भेला गरी सहयोग पुर्याउने नै रहेको वताउदै अझैपनि राजा शासन हटि सक्दापनि पुरानै संस्कार उपल्लो मुस्ताङमा रहेको वताउदै जनताहरुको सामुहिक एकता र बिकास नै अहिलेको आवश्यक्ता रहेको वताए । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले मुस्ताङे राजाको इतिहासलाई स्मरण गरी उपल्लो मुस्ताङमा खेलकुदको कार्यक्रम आयोजना गर्नु खुसीको कुरा वताउदै मुस्ताङे राजाको इतिहासनै उपल्लो मुस्ताङको पर्यटकीय महत्व भएकाले यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे । यस्ता खेलकुद र पर्यटकीय गतिविधीका कार्यक्रमलाई आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य महेन्द्र बहादुर थकालीले समग्र मुस्ताङको बिकासको लागी उपल्लो मुस्ताङमा खेलकुद जस्तै अन्य गतिविधीहरु सञ्चालन गर्नुपर्ने वताउदै उक्त कार्यमा आफ्नो समेत सहयोग रहने वताए । त्यस्तै जिल्ला समन्वय समिती मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले आफु जन्मेको ठाउमा मुस्ताङको इतिहास बोकेको राजाको स्मृतीमा खेलकुद कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रममा आफ्नो साथ सहयोग रहने वताए । श्रावण १ गते सम्म सञ्चालन हुने प्रथम लो ग्याल्पो झिग्मे स्मृती सेभेन ए साइड फुटवल प्रतियोगितामा उपल्लो मुस्ताङ लोसात क्षेत्रका ११ टीमको सहभागीता रहेको लो घेकर युवा क्लवका अध्यक्ष टासी छ्योसाङ गुरुङले जानकारी दिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…