
पोखरा(खेलाडी न्युज)-स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीको मुहारमा आज बेग्लै चमक थियो । नहोस पनि कसरी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सामूहिक रुपमा गण्डकी प्रदेशले पहिलो पटक नगदसहित सम्मान गरिएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित समारोहमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । सम्मान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन लगायतले गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले गण्डकीबाट प्रतिनिधित्व गरेका २०४ जना खेलाडीलाई नगदसहित सम्मान गरिएको थियउो । नेपालगन्जयमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेलबाट पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्दै नवौं राष्ट्रिय खेदकुद प्रतियोगिताको लागि अझै हौसला प्रदान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
नेपालगन्जमा गत चैत–बैशाख सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले र्आचरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं सस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारीसहित झण्डा लिएर आएको थियो । आर्चरीमा व्यक्तिगत र टिम गेममा गरी ५ स्वर्ण पदक गण्डकीले जितेको थियो । तर आर्चरीको पदकलाई भने राष्ट्रिय खेलकद प्रतियोगितामा समावेश नगर्दा गण्डकी प्रदेशले १३ स्वर्ण पदकमा चित्त बुझाएको थियो ।
गण्डकी प्रदेशले व्यक्तिगत तथा टिम गेममा गरी कुल २०४ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । व्यक्तिगत र टिम गेममा गरी स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ४० जना छन् । त्यसैगरी रजत पदक जित्ने खेलाडीमा ५७ जना र कास्य पदक जित्ने खेलाडी भने १०६ जना छन् । व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । रजत पदक जित्नेलाई ७ हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी टिम गेममा स्वर्ण पदक जित्नेलाई नगद ७ हजार, रजतलाई ५ हजार र कास्य पदक जित्ने खेलाडीलाई ३ हजार रुपैयाँबाट सम्मानित गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…