
पोखरा(खेलाडी न्युज)-टेनिसका भेट्रान खेलाडी ३७ वर्षिय रोजर फेडेररले स्पेनका राफाल नाडाललाई पराजित गर्दै १२ औं पटक विम्वल्डनको उपाधि निकट पुगेका छन् । दोस्रो बरियताका नाडाल केही महिना अघि मात्रै फेडेररलाई पराजित गर्दै फाईनल सुरक्षित गरेका थिए । उनले १२ औं फ्रेन्च ओपन जित्ने क्रममा फेडेररको चुनौतिलाई पन्छाउँदै फाईनल तय गरेका थिए ।
पहिलो सेट प्रतिस्धर्पात्मक रुपमा टाईब्रेकरमा लिदैं फेडेररले सुखद शुरुवात गरे । ग्राण्डस्लामको १९ औं उपाधिको होडमा रहेका फेडेररले पहिलो सेट ७-६(७-३) ले पराजित गर्दै सुखद नजिता आत्मसात गर्ने संकेत गरे । तीन घण्टा चलको प्रतिस्पर्धाको दोस्रो सेट १-६ ले गुमाउँदै बराबरी गरेपनि नाडाल तेस्रो र चौथो सेटमा भने कमजोर देखिए । तेस्रो सेट ६-३ र चौथो सेट ६-४ मा पराजित हुदैं विम्वल्डनको उपाधि जोगाउने अभियानबाट नाडाल चुके । अब उपाधिको लागि फेडेररले नोभाक जोकोभिचसँग खेल्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…