दक्षिण अफ्रिकन गल्फर फ्टिेलीलाई जोन डिरे क्लासिक गल्फ उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जोन डिरे क्लासिक गल्फको उपाधि दक्षिण अफ्रिकन गल्फर डिलन फ्रिटेलीले जितेका छन् । उनले अमेरिकन गल्फर रुसेल हेन्लीलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । उनको  पहिलो पिजिए गल्फ टुरको उपाधि हो । उनले पार ७१ को कोर्षमा चौथो दिनमा आईपुग्दा २६३ को कार्ड बनाउँदै उपाधि जित्दा २१ अण्डर खेलेका थिए । रुसेल भने १९ अण्डर २६५ को कार्ड बनाउँदै उपविजेतामा चिक्त बुझाए ।

रुसेलले अन्तिम दिन १० अण्डर ६१ को स्कोर खेल्दै प्रतियोगिता टुग्याएका थिए । उत्कृष्ठ लयमा देखिएपनि उनी अन्त्यमा दुई स्ट्रोकले पछि परे । डिलनले अन्तिम दिन ७ अण्डर खेलेका थिए । फ्रन्ट नाईनमा चार अण्डर र व्याक नाईनमा तीन अण्डर गरी ७ अण्डर खेले । रुसेलले फ्रन्टमा चार अण्डर र व्याक नाईनमा ५ अण्डर स्कोरको कार्ड सहित १० अण्डर ६१ मा अन्तिम दिन टुग्याएका थिए ।

तेस्रो स्थानमा अमेरिकन गल्फर एन्ड्रयु ल्याण्ड्री १८ अण्डर २६६ स्कोरमा रहे । उनले अन्तिम दिन केवल दुई अण्डर मात्रै खेले । शुरुवाती राम्रो रहेपनि उनको फ्रन्ट नाईन भने प्रभावकारी हुनै सकेन् । छैटौं र नवौं होलमा बोगी खेपेपछि लय बिग्रियो । व्याक नाईनको १५ होलमा समेत बोगी खेपेपछि उनी अन्तत तेस्रो स्थानमा खुम्चिन पुगे । चौथो र पाँचौ स्थानमा पनि अमेरिकन गल्फर नै रहे । अमेरिकन गल्फर कोरिन मोरिकावाले दोस्रो र १७ औं होलमा इर्गल हिर्काए । पाँचौ स्थानमा अमेरिकन गल्फर चेरिस स्टर्ड रहे । उनी पनि १७ अण्डर २६७ स्कोरमा रहे ।