
पोखरा(खेलाडी न्युज)-सागलाई लक्षित गर्दै नेपाल भलिबल संघले महिला भलिबल टोलीको प्रशिक्षण शुरु गरेको छ । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गर्दै महिला टिमको बन्द प्रशिक्षण सुरु गरिएको हो । भलिबल संघले महिला टिमको बन्द प्रशिक्षण लगनखेलस्थित आर्मीको ट्रेनिङ सेन्टरमा सञ्चालन गर्ने जनाएको छ । उनले हरेक दिन मध्यान्न १२ बजेबाट दिउँसो २ बजेसम्म बन्द प्रशिक्षण सुरु गरिने जानकारी दिएकी छिन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा २५ सदस्यीय खेलाडी समावेश छन् ।
बन्द प्रशिक्षणमा सरस्वती चौधरी, रेश्मा भण्डारी, प्रतिभा माली, अरुणा शाही, निरुता ठगुन्ना, उषा भण्डारी, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिय पुन, कविता भट्ट, हिरा केसी रहेका छन् । उषा विष्ट, कमला पुन, चन्द्रकला खरेल, संगम महतो, शान्ति तामाङ, सलिना श्रेष्ठ, यामकली कुँवर, ममता डगौरा, जानकी भण्डारी र सरस्वती कट्टेललाई समेत प्रारम्भिक टोलीमा बोलाईएको छ । यद्यपी फाईनल छनोट गरेर टिम तयार पारिने छ । नेपाली टिमलाई भलिबल प्रशिक्षक जगदिश भट्ट र शलिना श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
राष्ट्रिय पुरुष भलिबल टिम भने पछिल्लो महिनायता नियमति प्रशिक्षणमा रहेको छ । काठमाडौंमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबलका लागि पुरुष भलिबल टिमले अभ्यास गरिरहेको छ । नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण गराईरहेका छन् । एभीसी सेन्ट्रल जोनको तयारीका लागि एबिङलाई अन्तराष्ट्रिय भलिबल महासंघ एफआईभीभीले प्रशिक्षण दिन नेपाल पठाएको हो । प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…