
पोखरा(खेलाडी न्युज)-सागको लागि चार महिना मात्रै बाँकी छ । पुर्वाधार तयार भईसकेको छैन् । पुर्वाधार नहुदाँ चुनौति थपिएको छ । फुटबल मैदान, ह्याण्डबल, आर्चरी र बहुउद्देश्यीय कभर्ड हल लगायतका पुर्वाधार तयार गर्नुपर्ने खाँचो छ । सागको तयारीको लागि तदारुकता देखाउँदै सरोकार निकाय बीच छलफल शुरु भईसकेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमाा खेलकुदका पदाधिकारी, कर्मचारी एवं संघका पदाधिकारी बीच बैठकले पोखरामा आयोजना हुने साग खेलकुदलाई भव्य बनाउने योजनासहित छलफलमा जुटेका हुन् ।
‘सागलाई लक्षित गर्दै पुर्वाधार समयमै पुरा गर्न दबाव दिनुपर्ने आवश्यकता औल्याइएको छ । प्रतियोगिता पोखरासँग इज्जत जोडिएको छ’ बोर्ड सदस्य गुरुङले भने–‘पुर्वाधार समयमै पुरा गर्नुपर्ने दायित्व र जिम्मेवार छ ।’ बहुउद्देश्यीय कभर्ड हललाई पाँच करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेटबाट सिट, साउण्ड सिष्टम र पार्केटिङ गर्ने योजना पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
पोखरामा महिला फुटबलसहित, आर्चरी, हयाण्डबल, ट्रायथोलन, प्याराग्लाईडिङ लगायतका खेल सञ्चालन हुने बोर्ड सदस्य गुरुङको भनाई थियो । ‘आवश्यक पुर्वाधार कहाँ उपयुक्त हुन्छ त्यही प्रतियोगिता सञ्चालन गर्ने योजना छ ।’ उनको भनाई थियो । आर्चरीको लागि मैदान सम्याउनुपर्ने आवश्यकता छ । दुवो रोप्नुपर्ने खाँचो छ । दुवो रोप्ने समय निकै कम छ । माटो सम्याएर दुवो रोपेर मैदान हरियाली बनाउने समय चार महिना मात्रै छ ।
सागका खेलहरु पोखरा रंगशालाभित्र सञ्चालन हुदाँ पार्किङको समस्या समाधान गर्ने चुनौति रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । ‘अहिलेको चुनौति नै पार्किङको समस्या हो । पार्किङ कहाँ गर्ने भन्ने विषय महत्वपूर्ण हो । त्यसलाई निराकरण गर्नुपर्ने आवश्यकता छ । त्यो नै छलफलको पहिलो एजेण्डाको रुपमा उठाईयो ।’ उनले थपे । पार्किङसँगै रंगशालाको ग्रिनरीको गर्नुपर्ने अर्को पाटो रहेको उल्लेख गरे ।
ह्याण्डबल, भलिबल, आर्चरी र फुटबलका गतिविधि एकैसाथ सञ्चालन हुदाँ पार्किङको समस्या हुने उनको भनाई थियो । फुटबलको लागि मैदान निर्माण सक्नुपर्ने उत्तिकै दबाव र चुनौति छ । फुटबल मैदान निर्माणको म्याद नोभेम्बरभित्रमा सक्नुपर्ने निर्देश खेलकुद परिषदले गरेको छ । कभर्ड हलभित्रको साउण्ड, पार्केटिङ र सिटको लागि टेण्डर आह्वान गर्नुपर्ने छ । त्यो पनि अर्को चुनौतिको विषय हो । ‘चुनौति धेरै छन् । तर सभ्य र भव्य प्रतियोगिता गर्ने हाम्रो दायित्व र जिम्मेवार हो ।’ कार्यालय प्रमुख योगीले भने–‘पहिलो चरणमा छलफल गरियो । अब अन्य संघसंस्थाहरुसँग समेत छलफल गरेर अगाडि बढ्ने छौं ।’
ट्रायथोलन फेवाताल किनार लेकसाईडमा आयोजना गर्ने सम्भावना छ । प्याराग्लाइडिङ सराङकोटमा आयोजना गरिने छ । अहिले थपिएको विच भलिबल प्रतियोगितालाई समेत पोखरामा आयोजना गर्न सकिन्छ की भन्ने चर्चा समेत छ । ‘हाम्रो पहिलो प्राथमिकता साग हो । त्यसपछि अर्को वर्ष हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो ।’ बोर्ड सदस्य गुरुङको भनाई थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…