
पोखरा(खेलाडी न्युज)-टि-२० विश्वकप छनौट ९ एसिया फाइनल ० अन्तर्गत टि-२० वरियतामा ११ औं वरियतामा रहेको नेपालले आफ्नो पहिलो खेलमा वरियतामा २१ औं नम्बरमा रहेको कतारसंग हार बेहोर्दै निराशाजनक सुरुवात गरेको छ।
सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले खराब ब्याटिंग गर्दै १२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा सिंगापुरले १९।२ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालको ब्याटिंग कमजोर रहेको तथ्य हुँदाहुँदै नेपालले खेलमा ५ जना मात्रै मुख्य ब्याट्सम्यान लिएर खेलेको थियो। टिममा करन केसी, सोमपाल कामि र अविनाश बोहरा तिब्र गति बलर तथा बसन्त रेग्मी, ललित राजबंशी र सन्दिप लामिछाने गरि ३ बलर खेलेका थिए।
नेपालले खेलमा राम्रो ओपनिंग साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाएको थियो। ६ ओभरमा ४९र१ रहेको अवस्थाबाट नेपालले ७३ रन जोड्दा बाँकी विकेट गुमाउन पुगेको थियो। नेपालको लागि दिपेन्द्र एरिले सर्वाधिक ३४, पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ तथा सोमपाल कामिले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। शरद भेसावकर ७ रन, बिनोद भण्डारी ३ रन , करन केसी ४ रन बनाएर आउट भए।
नेपाली ब्याट्सम्यानहरु पिच अनुसार खेल्नु भन्दा ठुलो सट खेल्ने चक्करमा आउट हुन पुग्दा लगातार विकेट गुमाउन पुगेका थिए। पिच सहज नभए पनि नेपाली ब्याट्सम्यानहरु परिस्थिति अनुसार खेल्न सकेनन् भने टिमको योजना पनि देखिएन। पारस र ज्ञानेन्द्रले ओपनिंग साझेदारीको रुपमा ४९ रन बनाउनु बाहेक खेलमा ठुलो साझेदारी बन्ने सकेन र नेपालले लगातार विकेट गुमाएको थियो।
६ जना बलर खेलाए पनि अन्तिमको ओभरमा रन रोक्ने बलरको आवस्यकता हुँदा अविनाश बोहराको ओभर १८ ओभरमा सकिएको थियो। पहिलो ओभरमा १३ रन खर्चिए पनि सोमपालले १ ओभर मात्र बलिंग गरे। अन्तिम ओभरमा कतारलाई ३ रन जित्न आवस्यक रहंदा २ ओभरमा २१ रन खर्चिएका ललित राजबंशी अन्तिम ओभर बलिंग गर्न आउनु परेको थियो।
प्रतियोगितामा नेपालले अब दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। नेपाल सहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा युएईमा आयोजना हुने टि(२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ।- विकेट नेपाल


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…