
पोखरा(खेलाडी न्युज)-क्लबहरु बीचको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा रियल मड्रिडले आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । दुई गोलले पछि परेको अवस्थामा खेलमा फर्किएको मड्रिडले अन्तत पेनाल्टीमा ३-२ गोलले पराजित गरेको हो ।
अलेक्जण्डर लाजाकट्टेको १० औं मिनेटमा गरेको गोलबाट लिएको अग्रतालाई पिइरेक अबुमायंकले २४ औं मिनेटमा दोस्रो गोल गर्दै मड्रिडलाई दबावमा राखे । तर दोस्रो हाफमा मड्रिड खेलमा फर्कियो । निकै कम रोजाईमा पर्दै आएका गारेथ बेलको गोलबाट खेलमा फर्किएको मड्रिडका लागि बराबरी गोल भने मार्को एसेन्सोेले हिर्काए ।
बेलले ५६ र एसेन्सोले ५९ औं मिनेटमा गोल गरेका थिए । खेलमा दुवैले समान एक एक खेलाडीलाई गुमाउन पुग्यो । मड्रिडका नाचोले ९ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि दश खेलाडीमा विताउँदा आर्सनलका पनि सोर्काटिसले ४० औं मिनेटमा रातो कार्डको सामना गरेपछि दुवै टोली दशखेलाडीमा सीमित बन्न पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…