
पोखरा(खेलाडी न्युज)-पहिलो खेलमाा कतारसँग पराजित नेपालले दोस्रो खेल भने मलेसियालाई सात विकेटले पराजित गरेको छ । उपकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकसँगै नेपालले ८.३ ओभरमै लक्ष्य पुरा गर्यो । केवल तीन विकेटको क्षतिमा ८४ रनको लक्ष्यलाई पुरा गर्दै पहिलो जित निकाल्यो ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे । नेपालको जितमा आक्रामक पारी खेलेका मल्लले कीर्तिमानी अर्धशतक बनाए । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए ।यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो । यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन हिर्काएका थिए ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए । जितसँगै नेपाललाई ग्लोबल छनोटमा पुग्ने सम्भावना भने जिवितै रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…