
पोखरा(खेलाडी न्युज)-गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए ।
उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ), कोषाध्यक्षमा प्रकाश पौडेल (नवलपुर) रहेका छन् ।
यसैगरी सदस्यमा दिवाकर थापा (स्याङजा) अर्जुनकुमार श्रेष्ठ (तनहुँ) विमलमान गुभाजू(कास्की) र ईन्द्र सिग्देल (नवलपुर), ऋषिराम गौतम(कास्की), सन्जयकान्त सिग्देल(कास्की), सुमन पण्डित(नवलपुर), अतिशकुमार खड्क (तनहँु) र अजुर्नकुमार थापा (स्याङजा) रहेका छन् । शुक्रबार पोखरामा आयोजित प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…