
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदान समयमै बन्ने निश्चित छैन् । प्राकृतिक र कृत्रिम घाँसे मैदान बीचको विवाद टुंगिएको छ । प्राकृतिक मैदान बनाउने निर्णयसँगै काम तदारुकताको साथ अघि बढेको छ । यद्यपी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल हुनु अघि दुवो फैलिने सम्भावना क्षीण छ । मैदान तयार हुने अपेक्षा गरिरहँदा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको सक्रियतामा महिला फुटबलको लागि सम्भावित प्रशिक्षणस्थलको भने मंगलबार बस्तुस्थिति नियालिएको छ ।
प्रशिक्षणस्थलको लागि लामाचौरस्थित गोस्ते खेल मैदान र हेमजास्थित गौरीशंकर खेल मैदानलाई स्तरोन्नति गरिएको छ । गत आर्थिक वर्षमा दुवै मैदानलाई ५०÷५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध गराइएको थियो । त्यही रकमबाटै मैदानको स्तरोन्नति गरिएको छ । अब दुवै मैदानमा सुविधायुक्त चेन्जिङ बनाउनुपर्ने खाँचो छ । चेन्जिङ रुम बनाउन परिषदले दुवै मैदानलाई १÷१ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजन गरिएको रकम भने जिल्ला एवं क्षेत्रीय खेलकुद विकास समितिको खातामा आईपुगेको छैन् । खातामा रकम नआईसकेकोले पुर्वाधार निर्माणमा ढिलाई हुदैं गएको छ ।
‘एक एक करोड रुपैयाँ छुट्टाइएको छ । तर हामीले उपभोक्ता समिति मार्फत छिटो काम गराउन दुई किस्तामा रकम दिएर काम टुग्याउने योजनामा छौं ।’ बोर्ड सदस्य गुरुङले भने–‘एक करोडसम्मलाई टेण्डर आह्वान गर्नुपर्छ । टेण्डर गर्दा ढिला हुन्छ । त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर काम ग्राउण्डसहित चेन्जिङ रुम बनाउँछौं ।’ गौरीशंकर खेल मैदानलाई स्तरोन्नति गर्ने क्रममा चारैतिर डे«न बनाइएको छ । प्यारपिट निर्माण गर्ने योजना छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले मैदान निरिक्षणपछि चेन्जिङ रुम निर्माण गर्ने तर्फ अगाडि बढाईएको बताए । ‘पुर्व तर्फ ३ मिटर बढाइएको छ । अहिले भईरहेको हेमजा युनाईटेड क्लबको भवन नजिकै प्यारापिटसहित चेन्जिङ रुम निर्माण गर्न प्राविधिक सुझाव छ ।’ उनको भनाई थियो । मैदान स्तरोन्नतिपछि ६४ मिटरको चौडाई र १०२ मिटरको लम्बाईको बनेको छ । मैदान स्तरोन्नति गरिरहेको स्थानीय उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले मैदानमा दुवो रोप्ने काम शुरु गरिएको बताए ।
परिषदले यो आर्थिक वर्षको लागि गौरीशंकर खेल मैदानसँगै लामाचौर खेल मैदान गोस्तेलाई समेत उपलब्ध गराइएको ५० लाख रुपैयाँबाट प्यारापिट निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीका अनुसार अब मैदानमा माटो र बालुवा मिसाई सम्याउने र दुवो रोप्ने काम बाँकी रहेको छ । ‘चेन्जिङ रुम बनाउने तयारी छ । बजेट आएलगत्तै काम अगाडि बढाउँछौं ।’ उनले भने–‘मैदान तयार छ बाँकी चेन्जिङ रुमको पुर्वाधार जोडतोडले काम गरेर सक्ने छौं ।’ मैदान अन्तराष्ट्रिय मापदण्ड अनुसार नै निर्माण गरिएको छ । परिषदले फुटबल मैदान बनाउन हालसम्म झण्डै दुई करोड रुपैयाँ उपलब्ध गराईको छ । मैदान ६५ मिटर चौडाई र १०५ मिटर लम्बाईकको छ । दुवैस्थलको मैदान निरिक्षण गर्न बोर्ड सदस्य गुरुङसहित क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक विद्या मर्सानी, उपनिर्देशक कृष्ण तिमिल्सिना, निबर्तमान जिल्ला खेलुदक विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…