
एजेन्सी(खेलाडी न्युज)-बी डिभिजनबाट प्रिमियर लिगमा उक्लिएको नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगको सिजन २०१९/२० सुखत शुरुवात गरेको छ । शुक्रबार रातीदेखि शुरुभएको प्रिमियर लिगमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोलले पराजित गर्दै सिजन शुरु गरेको हो ।
७ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको लिभरपुलले नर्विचमाथि लगातार दबाव बनाईराख्यो । प्रिमियर लिगमै उदघाटन खेल खेलेको नर्विचले पनि लिभरपुलको चुनौतिलाई पन्छाउन नसकेपछि कडा चुनौति भने तेस्र्याएको थियो । ७ औं मिनेटमा ग्रान्ट हान्लेले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।
दोस्रो गोल भने लिभरपुलका लेजेण्ड प्लयेर मोहम्मद सलाहले गरे । उनले १९ औं मिनेटमा व्यक्तिगत गोल गर्दै सिजनको पहिलो गोल लिभरपुलका लागि उनको लेखियो । तेस्रो गोल भने भर्जिल भान डिकले २८ औं मिनेटमा गोल थप्दै अग्रतालाई फराकिलो बनाए । अन्तिम गोल भने ४२ औं मिनेटमा डिभोज ओरिगीले गोल गरेका थिए । लिभरपुलले पहिलो हाफमै ४-० को अग्रता बनाउँदा नर्विच सिटी निकै दबावमा रह्यो । दोस्रो हाफमा लयमा देखिएको नर्विचले सुधारिएको खेल पस्कियो । ६४ औं मिनेटमा टेमी पुक्कीले गोल गर्दै नर्विच सिटीलाई सान्त्वना गोल फर्काए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…