
पोखरा(खेलाडी न्युज)-पोखरामा भदौको दोश्रो साता मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । पोखराबाट सञ्चालित जक्सन डटकम र सिक्स्टिन प्रोडक्सनको सहकार्यमा आगामी भदौ १० र ११ गते गण्डकी प्रदेश स्तरिय मिडिया कप फुटसल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखराको गणेशटोलस्थित स्पोर्ट्स क्यासलमा हुने सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । पोखरामा पहिलोपटक गण्डकी प्रदेश स्तरिय फुटसल प्रतियोगिता भएको हो । यसअघी कास्की जिल्ला फुटसल प्रतियोगिता भने भएको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेश भित्र रहेका सञ्चार माध्ययमा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरा पर्सनलगायतले सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक अरुण गिरीले जानकारी दिए । सञ्चारकर्मी बिच भाइचाराको विकास गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक गिरीले बताए । त्यस्तै प्रतियोगिताले फुटसल खेलको विकास र फुटसल खेल क्षेत्रमा कलम चलाउन पनि मद्धत पुग्ने उनको भनाई छ ।
प्रतियोगितामा ३० टिम सहभागि हुने अनुमान गरिएको गिरीले बताए । प्रतियोगितामा सहभागिताका लागि ५ हजार प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेललाई राखिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक परामर्श खेल विज्ञका रुपमा रेफ्री संघ कास्कीका अध्यक्ष तथा फुटसल संघ कास्कीका उपाध्यक्ष सुशील केसीको सहयोग लिइने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको प्रचारप्रसारका लागि नेपाली चलचित्रका अभिनेतृ र पोखरेली महिला पत्रकारको टोली बिच फुटसल प्रतियोगिता गर्ने तयारीसमेत गरिएको संयोजक गिरीले बताए । प्रतियोगिताको उपाधि बिजेतालाई नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप बिजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितका मिडिया को–अर्डिनेटर विष्णु गौतमले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी र अनुशाषित टिमलाई नगद ५÷५ हजार तथा सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद ३÷३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…