
पोखरा(खेलाडी न्युज)– अघिल्लो सिजन खराब लयबाट गुज्रिएको रियल मड्रिडले स्पेनिस ला लिगामा पहिलो खेलमा दश खेलाडीमा टुग्याउँदै सेल्टामाथि ३-१ गोलको जित रचेको छ ।
५६ औ) मिनेटमा भरपर्दा मिडफिल्डर लुका मड्रिच रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको रियलले सेल्टालाई पराजित गर्दै तीन अंक जोड्यो ।
फ्रान्सेली स्ट्राईकर करिम बेन्जिमाको गोलबाट अग्रता लिएको रियलले तेस्रो गोल भने ८० औं मिनेटमा गरेको थियो । बेन्जिमाले १२ औं मिनेटमा गोल गर्दै गोलको खडेरीबाट छिट्टै टुटाए । दोस्रो गोल भने रियलले ६१ औं मिनेटमा टोनी क्रसले गर्दै रियलको अग्रतालाई फराकिलो बनाए ।
८० औं मिनेटमा लुकास भ्याजकुयजले गोल गरेका थिए । तर अन्तिम समयमा ९० प्लस १ मिनेटमा इकर लोसाडाले गोल गर्दै सेल्टालाई गोलरहित अवस्थाबाट भने मुक्त राखे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…