
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलभित्र यतिबेला ह्याण्डबलको प्रशिक्षण चलिरहेको छ । खेलाडीहरुले नियमित रुपमा विहान र साँझ दुई समय प्रशिक्षण लिईरहेका छन् । तर खेलाडीहरुलाई उपलब्ध हुनुपर्ने प्रशिक्षण (टे«निङ) जर्सी विना नै प्रशिक्षणमा व्यस्त छन् ।
विहान र साँझ प्रशिक्षण लिईरहेका खेलाडीहरु आफनै पोशाकमा व्यस्त रहन्छन् । आर्मीका खेलाडीले आर्मीकै जर्सी लगाएर प्रशिक्षण लिईरहेका छन् । अन्यले पनि आफनै प्रदेश तथा विभागीय जर्सी नै प्रयोग गर्दै आएका छन् । ‘टे«निङ जर्सी हुनुपर्छ । तर उपलब्ध छैन् । बजेट नै आएको छैन् ।’ राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विकले ह्याण्डबल प्रशिक्षणको निरिक्षण पछि भने–‘कुनै खेलको लागि पनि बजेट आईसकेको छैन् । बजेट नआउँदा टे«ेनिङ जर्सी उपलब्ध गराउन सकिएको छैन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले पनि खेलाडीलाई अनिवार्य रुपमा टे«निङ जर्सी उपलब्ध गराउनुपर्ने प्रावधान भएपनि उपलब्ध गराउन नसकिएको स्वीकार गरे । उनले परिषदबाट आवश्यक बजेट समेत उपलब्ध नहुदाँ भौतिक पुर्वाधार निर्माणमा समस्या पर्ने सम्भावना रहेको उल्लेख गरे । ‘ग्रिनरीको लागि हामीले ओमबुद्ध नर्सरीसँग विरुवा मागेका छौं ।’ उनले भने–‘आवश्यक परेको ठाँउमा ठूला विरुवा रोपेर हरियाली बनाउन शुरु गरिएको छ ।’
ह्याण्डबलमा पुरुष तर्फ अहिले २८ जना खेलाडी प्रशिक्षणमा छन् । महिला तर्फ २८ जना छन् । केही खेलाडीहरु पनि आफनै कारणले अनुपस्थिति छन् । महिला खेलाडीमध्ये केही भारतमा आयोजना हुने ह्याण्डबलको लागि समेत गएका छन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल प्रतियोगिता पोखरा आयोजना गरिने तयारीसहित ह्याण्डबलको प्रशिक्षण पोखरामा केही साता अघि शुरु गरिएको हो । ‘टे«निङ जर्सी चाहिन्छ । हामीले मागिरहेका छौं ।’ प्रशिक्षणमा रहेका खेलाडी विशाल बस्नेतले भने–‘तर राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छैन् ।’
नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादर गुरुङले प्रशिक्षणको लागि आवश्यक खेल सामाग्री माग गरिएको भएपनि उपलब्ध नभएको बताए । परिषदबाट सामाग्री उपलब्ध नभएपनि नियमित प्रशिक्षणको लागि चाहिने सामाग्रीलाई व्यक्तिगत रुपमा सहयोग भईरहेको बताए । ‘होटलको बसोबासदेखि खेल सामाग्रीको व्यवस्थापन व्यक्तिगत रुपबाटै सहयोग भईरहेको छ ।’ उनले भने–‘परिषदबाट उपलब्ध नभएपनि प्रशिक्षणमा समस्या छैन् । ’ उनका अनुसार खेलाडीलाई प्रशिक्षणको लागि परिषदले प्रतिखेलाडी १४ सय रुपैयाँ भत्ता स्वरुप उपलब्ध गराउने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…