
पोखरा(खेलाडी न्युज)-महिलाहरुको महानचाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ । भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ११ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । यस्तै, द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार प्रदान गरिने मुल आयोजक समितिकी संयोजक शोभा गौतमले बताइन् ।
“पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ ।”— भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले भने, छेलो खेलको संरक्षणका लागि भएपनि प्रतियोगिताको आवश्यक छ ।” केही समय अगाडि नेपालमा छेलो प्रतियोगिता अत्याधिक हुने गरेको गुरुङको भनाई थियो । तर अहिले उक्त खेल विस्तारै लोपन्मुख भएको उनले बताए ।
खेलले आपसी भाइचाराको सम्बन्ध बढाउने प्रतियोगिताका संयोजक खेम बहादुर गुरुङले बताए ।
नेपालीहरुको मौलिक चाड तीजको अवसरमा उक्त प्रतियोगिताले मेला अवलोकन गर्न आउनेलाई उत्साह मिल्ने उनको भनाई थियो । खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले हाम्रो मौलिक खेलहरुको विकासका लागि खेलाडीहरु उत्पादन गरिनुपर्नेमा जोड दिए । छेलो खेलको पनि आवश्यक तालिम र सिकाई आधारमा निरन्तर प्रतियोगिताको आवश्यक्ता रहेको उनले आँैल्याए । तीज मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…