
पोखरा(खेलाडी न्युज)-अन्तिम समयमा सम्हालिन नसक्दा पेनाल्टीको अवसर दिदाँ साविक च्याम्पियन लिग विजेता लिभरपुल नापेलीसँग च्याम्पियन्स लिगको पहिलो खेलमा स्तब्ध बन्न पुगेको छ ।
८२ औं मिनेटमा पेनाल्टीको अवसरसँगै अग्रता लिएको नापोलीले अर्को गोल भने ९०प्लस २ मिनेटमा गर्दै लिभरपुलमाथि सनसनी जित दर्ता गरेको हो । पहिलो लेगमा २-० गोलले पछि परेको उल्ट्याउन अब लिभरपुलले दोस्रो लिगमा सतप्रतिशत नजिता निकाल्नुपर्ने छ ।
८२ औं मिनेटमा डेरिस मेर्टेन्सले पेनाल्टी मार्फत गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । अर्को गोल खेलको इन्जुरी समयमा फर्नाण्डो लोरेन्टेले गोल गर्दै गतिलो शुरुवात गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…