
पोखरा(खेलाडी न्युज)-उत्कृष्ठ कमब्याक गर्दै एथलेटिको मड्रिडले युभेण्ट्ससँग च्याम्पियन्स लिगको पहिलो खेलमा बराबरीमा टुग्याएको छ । दुई गोलले पछि परेको एथलेटिकोले दोस्रो हाफमा पुनरागमन गर्दै लयमा फर्कियो । बराबरीसँगै पहिलो लेग टुंगिदा दुवैको खातामा २-२ गोल लेखिएको छ ।
युवान कडराडोको गोलमा युभेण्ट्सले ४८ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा अर्को गोल थप्दै युभेण्ट्सले जितको सम्भावनालाई प्रबल बनाएको थियो । ब्लेज मातुईडी गोल थप्दै एथलेटिको मडिर्डमाथि हावी हुने संकेत देखायो । तर खेलको ७० औं मिनेटमा एथलेटिकोले गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो ।
७० औं मिनेटमा स्टेफन साविचले गोल गर्दै गोल अन्तर घटाए । खेलको अन्तिम समयमा अर्को गोल थप्दै एथलेटिकोले सम्भावित हारलाई टार्दै बराबरीमा ल्याए । ९० औं मिनेटमा हेक्टोर हेरेराले गोल गर्दै एथलेटिको मड्रिडलाई जीवन्तता प्रदान गर्दै उत्कृष्ठ पुरामन गरिदिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…