
पोखरा(खेलाडी न्युज)-नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सिमित हुन पुगेका छन् ।
उपाधी नजिक पुगेका प्रिन्स फाईनलमा प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नान संग १६–२१, १७–२१ को सेटमा पराजित हुँदै रजतमा खुम्चिएका हुन् । च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य हात पारेको छ । पुरुष एकलमा रजत, मिक्स युगलमा दुई कास्य र मिक्स टिम ईभेन्ट्समा एक कास्य प्राप्त गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…