
पोखरा(खेलाडी न्युज)-नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । आईसिसीले शर्तसहित निलम्बनको फुकुवा गरेकै भोलिपल्ट मंगलबार राष्ट्रिय टोलीका कप्तान खड्काले राजीनामा दिएको प्रेस विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । सुरज शाक्यको इमेलबाट पारस खड्काको राजीनामाको प्रेस विज्ञप्ति सञ्चार माध्यमलाई आईपुगेको हो ।
विज्ञप्तिमा नेपाल क्रिकेट संघ(क्यान)को नयाँ निर्वाचित कार्यसमितिले नेपाली क्रिकेटमा अझ सुधारको कार्यक्रम, खेलाडी तथा सम्बन्धीत स्टेक होल्डर्सलाई शुभकामना व्यक्त गरिएको उल्लेख छ । क्रिकेटमा नयाँ शीराबाट शुरु हुने अपेक्षा गर्दै सबैलाई समेट्ने गरी कामको अपेक्षा समेत गरेका छन् । अन्त्यमा कप्तान खड्काले खेलाडीहरु, प्रशिक्षकहरु, अम्पायरहरु, ग्राउण्ड्सम्यान, साथीहरु र परिवार जसले मलाई यहाँसम्मको महत्वपूर्ण यात्रामा सहयोगीलाई धन्यवाद व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…