
पोखरा(खेलाडी न्युज)- नेपालले एसीसी इमर्जिङ टिम्स कपमा पहिलो जित निकाल्दै सेमीफाईनल सम्भावनालाई जिवितै राखेको छ । शनिबार नेपालले समूह चरणको दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ औं ओभरमा १ सय ७७ रनमा समेटिएपछि जितको नतिजा निस्किएको हो । बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराको प्रदर्शन लोभलाग्दो रह्यो । उनीहरु दुवैले पावर प्लेमा ४ विकेट लिएपछि जितको सम्भावना बढेको थियो ।
करण केसीले ओपनर क्यामरन लालचनलाई विकेटकिपर विनोद भण्डारीबाट दोस्रो ओभरको अन्तिम बलमा ४ रनमा क्याच आउट गराए । करणलेनै पाँचौ ओभरको पाँचौ बलमा अशान अलीलाई १० रनमा आउट गरेपछि खेल नेपाल तर्फ मोडिएको थियो ।
एक समय ४७-५ को कमजोर स्थितिमा पुगेको हङकङलाई किन्चित शाह र हारुन अर्षदको ६२ रनको साझेदारी महत्वपूर्ण रह्यो । अर्षद ५१ बलमा १ चौकासहित २६ रन जोड्दै करणको बलमा सर्ट मिड अनमा समातिए । त्यसको केहिबेरमा नै किन्चित पनि विनोदकै हातबाट क्याच भएपछि जितबाट टाढिदै गयो । उनलाई सुशन भारिले ५३ रनमा खेल्दा आउट गराए । किन्चितले ८० बलमा ३ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि करण केसी र अभिनाष बोहोराले ३(३ तथा सुशन भारिले २ विकेट लिए ।
भरपर्दा ब्याट्सम्यान शरद भेषावकर शतकबाट चुक्दा नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा लामो सट खेल्ने योजनासहित व्याट घुमाउँदा क्याच आउटको शिकार हुन पुगे । उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे ।
नेपालको शुरुवात पनि खराब थियो । एक समय तेस्रो ओभरमा ३-२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासे । नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए ।
तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा विकेट किपरको हातबाट स्टम्पिङ आउट हुन पुगे ।
आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । pic by Raman shiwakoti


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…