
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला गल्फ संघ गठन भएको छ । तदर्थ समिति रहेको संघको प्रथम अधिवेशनले मे.लक्षिमीप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा ज्ञानकाजी गुरुङ, द्धितीय उपाध्यक्षमा ई.जीवराम गुरुङ, सचिवमा गोविन्द गौचन, सहसचिवमा बसन्त गौचन रहेका छन् । यसेगरी कोषाध्यक्षमा ई.धर्मराज गुरुङ,सह कोषाध्यक्षमा बलराम थापा छन् । सदस्यहरुमा ले.अर्जन गुरुङ, बुद्धिमान गुरुङ, राजु थकाली र नारायण पहारी रहेका छन् । सल्लाहकारमा मे.रामबहादुर गुरुङ, हरिध्वज तुलाचन, प्रो. गल्फर भुवन गुरुङ, सुन्दर गुरुङ छन् ।
अधिवेशनको उदघाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले गर्दै गल्फ एकेडेमीको लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको उल्लेख गरे । उनले एकेडेमीको लागि छुट्टाइएको बजेट उपयोग गर्न गल्फ संघलाई आग्रह समेत गरे । ‘गल्फ एकेडेमी र गल्फ कोर्षको डिपिआर तयार गर्न बजेट विनियोजन भएको छ ।’ उनको भनाई थियो ।
गल्फ संघले पोखरा–१६ दिपहाउजिङको तल्लो तटिय क्षेत्र(सिंचाईको जग्गा)लाई गल्फ कोर्ष बनाउने प्रस्ताव गण्डकी प्रदेश सरकारलाई गरिसकेको छ । एकवर्ष अघि नै खेलकुद विज्ञ टोलीको अध्ययनले उक्त जग्गामा गल्फ कोर्ष बनाउन प्रस्ताव गरिएको उल्लेख गरे । प्रदेश सरकारले पनि गण्डकी प्रदेशमा गल्फ कोर्ष र एकेडेमी स्थापना गर्ने योजनासहित प्रस्तावको लागि विज्ञ टोलीसँग सुझाव मागेको थियो ।
गल्फ संघले पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षलाई समेत सार्वजनिक– निजी– साझेदारी मार्फत विकास गर्नुपर्ने आवाज उठाएको थियो । एकेडेमी सञ्चालनको लागि लामो समय हकभोग गर्दै आएको पोखरा–७ मुस्ताङचोकको जग्गा फुटबल मैदान र बसपार्कको रुपमा प्रयोग आएकोले समस्या भएको संघले उल्लेख गरेको छ । संघले पोखरा महानगरपालिकाका मेयरसँग एकेडेमीको लागि जग्गा उपलब्ध गराउने विषयमा छलफल भईरहेको जनाएको छ । अधिवशेनमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…