
पोखरा(खेलाडी न्युज)-हेटोडा भेट्रान्सले आयोजना गरेको ‘पाँचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय प्रतियोगिता २०७६’ को उपाधि पोखराको बगर भाईखलकले जितेको छ ।आज (शनिबार) सम्पन्न फाईनल खेलमा २–० गोल अन्तरले बानेश्वर भेट्रान्स काठमाण्डौलाई पराजित गर्दै पोखरेली बगर भाईखलकले उपाधि सुरक्षित गरेको हो ।
भाईखलकको जितका लागि पहिलो हाफमा राजकुमार तामाङले एक गोल गरे भने दोस्रो गोल खलकका टिम कप्तान तथा पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले फ्रि–किक मार्फत निर्णायक गोल गरे । उक्त खेलबाट म्यान अफ दि म्याचको रुपमा भाईखलकका (वर्डलिङ्कका पोखरा म्यानेजर) युशफ श्रेष्ठ घोषित बने । प्रतियोगिताको उपाधिसँगै भाईखलकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार प्राप्त गर्याे । त्यस्तै उपाबिजेता बनेको बानेश्वरले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजारमा चित्त बुझायो ।
प्रतियोगिताबाट सर्बाेत्कष्ट खेलाडीको रुपमा भाईखलकका टिम कप्तान ईश्वर गुरुङ (चन्द्र) ट्रफी र नगद रु १० हजारबाट पुरस्कृत भए । त्यस्तै उत्कृष्ट गोलरक्षकको रुपमा सोही क्लबकै लक्ष्मण गुरुङ, र उत्कृष्ट फरवार्डका रुपमा भाईखलककै राजकुमार तामाङ ट्रफी तथा जनही नगद रु ५ हजार सहित पुरस्कृत बने । देशभरबाट कुल १६ टिमको सहभािगता रहेको उक्त प्रतियोगिता गत २ गते देखी ५ गते सम्म हेटौडामा सञ्चालन भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…