
पोखरा(खेलाडी न्युज)-आईतबारको दोस्रो खेलमा बुटवल ब्लाष्टर्सले तेस्रो जित निकाल्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पहिलो विकेटको लागि ५३ र दोस्रो विकेटको लागि ५१ रनको साझेदारी गरेपछि बुटबल ब्लाष्टर्सले एक्सपर्ट धनगढीले दिएको १४१ रनको चुनौतिलाई १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
अफ्ताबुद्धिन अहमद र शंकर रानाले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गरे । व्यक्तिगत २५ रनमा शंकर आउट हुनुअअघि हर्श टंकसँग दोस्रो विकेटको लागि ५२ रनको साझेदारी निभाए । अहमदले अर्धशतीयक पारी खेले । उनले २३ बलमा ५२ रन हिर्काउने क्रममा १ चौका र ७ छक्का हिर्काए । टंकले २१ बल खेले । ३ चौका र ४ छक्का हिर्काउँदै ४० रन बनाए । शंकरले पनि ३१ बल खेल्दै ३ चौका स्कोरमा चढाए । शिव्म सिंह र भीम सार्की क्रमश १५ र ७ रनमा अविजित रहे ।
टस जितेको बुटवलले दोस्रो इनिङमा व्याटिङमा उत्रियो । एक्सपर्ट धनगढीले ६ रन बनाउने क्रममा दुई विकेट गुमायो । ओपनरद्वय सुभेन्दु पाण्डेलाई १ र रोड्रिगो थोमसलाई ५ रनमै गुमाएपछि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेले । उनले अविनाश बोहोराको बलमा शंकर रानाको हातबाट क्याच हुनु अघि ६१ रनको योगदान गरे । ४५ बल खेले । ६ चौका र २ छक्का हिर्काए । ऐरीले सन्दीप जोरासँग ८७ रनको साझेदारी गरे ।
सन्दीप रिजाललाई शून्य रनमै गुमाएपछि ऐरी र जोराले चौथो विकेटको लागि ८७ रनको महत्वपूर्ण साझेदारी गरेका हुन् । जोराले ३२ बलमा ३९ रन बनाउने क्रममा ४ चौका र १ छक्का हाने । सौरभ खनाल १०, अमित यादव ७ र कमलसिंह ऐरी १ रनमा आउट भएका थिए । अविनाश बोहोराले ३.५ ओभरमा २६ दिएर ४ विकेट लिए । ललित भण्डारीले ४ ओभरमा १९ रन दिएर ३ विकेट झारे । बोहोरा म्यान अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…