
पोखरा(खेलाडी न्युज)-१६ औं सस्करणसम्म भेट्रान्समै सीमित माछापुच्छ्रे बैक पोखरा भेट्रान्स राष्ट्रिय टेनिस १७ औं सस्करणमा आईपुग्दा खुला प्रतिस्पर्धाको रुपमा आयोजना हुदैै छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा यहि पुष १० देखि १४ गते सम्म पोखरामा १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको रुपमा आयोजना गरिने छ । उमेर समूहसँगै खुला प्रतिस्पर्धा हुने संघले जनाएको छ । यसअघि उक्त प्रतियोगिताको १६ औं संस्करणसम्म भेट्रान्स मात्रै हँुदै आएको थियो । यसै बर्षदेखि खुला प्रतिस्पर्धा गर्ने निर्णय गरेको संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।
आगामी बिहीबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा मेन्स सिंगल, डबल्स, वुमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथि मेन्स सिंगल र डबल्सगरी विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुने संघ कास्कीले जनाएको छ ।
ओपनतर्फ मेन्स तथा उमन्स सिंगलमा विजेतले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले नगद १०÷१० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि मेन्स तथा उमन्स डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिष्टले नगद ५÷५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने संघ कास्कीका सचिव नविन चालिसेले जानकारी दिए ।
३५ वर्ष माथिको एकल विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्ष माथिको डबल्स विजेता खेलाडीले नगद १५ हजार तथा उपविजेता खेलाडीले नगद ८ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्ष माथि एकल विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समुहमा डबल्स विजेताले १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयाँ सहित ट्रफि पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
५५ वर्ष माथिको एकलतर्फ विजेतलाई नगद २० हजार तथा उपविजेतालाई नगद १० हजार सहिट ट्रफिले पुरस्कृत गरिने छ भने ६५ वर्ष माथिको विजेता उपविजेतालाई ट्रफिद्वारा पुरस्कृत गरिने आयोजक संघले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…