
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी १७ औं संस्करणको प्रतियोगिता अन्र्तगत मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मा¥यो । प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले उपाधी रक्षा गरेको हो ।
प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधी राजु श्रेष्ठ (काठमाण्डौ) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित निकाल्दै राजु जोडीले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।
४५ वर्ष माथिको डबल्स उपाधी भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रहयो । फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङ्गको जोडीमाथि ६–३ र ७–६ को नतिजा निकालेका थिए । यसअघि गोपी ४५ वर्ष माथिको एकल सेमिफाइनलमा विमल गुरुङ्गसंग ६–३, ६–३ को सेटमा पराजित भएका थिए । सोही उमेर समुहको अर्को सेमिमा चन्द्र शाहीले अनु जोनमाथि ६–१, ६–० को नतिजा निकाल्दै अन्तिम दुईमा आफ्नों स्थान सुरक्षित पारेका थिए ।
५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो । थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसंगको अन्तिम चुनौती ७–६ र ६–२ ले पार लगाएका हुन् । ६५ वर्ष माथि डबल्स उपाधी दिपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ । फाइनलमा विष्णु गुरुङ्ग र मेजर लक्ष्मीप्रसाद गुरुङ्गको जोडीलाई ४–०, ४–० ले पराजित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…