
पोखरा(खेलाडी न्यज)-नयमित प्रशिक्षण छैन् । प्रशिक्षण गर्ने खेलाडी छैनन् । प्रशिक्षण गराउने स्थल पनि छैन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति(गण्डकी प्रदेश खेलकुद परिषद)ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन् । चासो नदिदाँ १८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ ।
‘खेलको विकास गर्न चासो परिषद र खेलकद समिति कसैको छैन् ।’ सेपाक ताक्रोको प्रशिक्षक मोहन गुरुङले भने–‘चासो नदिदाँ प्रचारप्रसार नै भएन् । प्रचारप्रसार नहुदाँ खेलाडी खेल्नै आउँदैनन् । टे«निङ ग्राउण्ड पनि छैन् ।’ उनको भनाई अनुसार हुन त सानो ठाँउमा पनि खेल्न र सिकाउन सकिन्छ, तर सानो ठाँउपनि पोखरा रंगशालाभित्र उपलब्ध गराउने चासो समितिले देखाउँदैन् । सेपाक ताक्रो संघ कास्कीले पनि खेलको विकास गर्ने तर्फ तात्न नसकेको गुनासो उनको थियो । खेलकुदभित्र बस्ने पदाधिकारीले पनि खेल नबुझ्दा ओझेलै रहेको दावी उनले गरे ।
राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अघि मात्रै तात्ने प्रवृत्ति छ । त्यसपछि खेलको अवस्था शून्यता प्राय छ । नियमित रुपमा प्रतियोगिता समेत आयोजना हुदैनन् । आयोजना नहुदाँ खेलाडीले खेल्ने अवसर समेत पाउँदैनन् । खेलको एक्पोज समेत नभएको अवस्थामा युवा पुस्ताको सेपाक ताक्रोप्रति अभिरुची समेत बढ्न सकेको छैन् । ‘
प्रतियोगिता आयोजना गर्न लाग्ने खर्च जुटाउन सकिएको छैन् । सेपाक ताक्रो बुझ्ने खेल संघका पदाधिकारी हुनुपर्नेमा जोड दिदैं उनले खेल नै नबुझ्ने संघ र समितिका पदाधिकारीबाट विकासको अपेक्षा गर्नै नसकिने गुनासो पोखे । २०६४ सालमा राखेपमा विधिवत दर्ता भएको हो । रेगु, डबल र क्वाड गरी ती इभेण्टमा प्रतिस्पर्धा हुन्छ । चार वर्ष अघि पश्चिमाञ्चल टोलीले पुर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तथा पुरुष टिमले रेगु र डबल इभेण्टमा स्वर्ण र रजत पदक जितेको थियो । file pic


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…