माछापुच्छ्रे त्रिशक्ति युनाईटेडलाई गण्डकी प्रदेश क्लबस्तरीय फुटबलको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्कीको माछापुच्छ्रे गाँउपालिकास्थित लाहाचोकमा आयोजित प्रदेश क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लबले रक्षा गरेको छ ।

माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको फाईनलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले गैंडाकोट खेलकुद विकास समिति नवलपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । खेलमा माछापुच्छ्रे त्रिशक्तिको तर्फबाट रोहन थापा र अजित गुरुङले गोल गरे । गैंडाकोटका राम थापाले गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाउने प्रयास गरे । यद्यपी बराबरी गोल फर्काउन असमर्थ रहेपछि आयोजकले उपाधि रक्षा गरेको हो । खेलमा माछापुच्छ्रे त्रिशक्तिका अजित गुरुङ म्यन अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा माछापुच्छ्रे त्रिशक्तिका सुजन नेपाली, डिफेन्समा अन्जन देबकोटा, उत्कृष्ठ मिडफिल्डको पुरस्कार गैंडाकोटका राम थापा, स्ट्राइकरमा कुशलप्रताप गुरुङ घोषित भए । उत्कृष्ट खेलाडीको पुरस्कार गैडाकोटका अमृत गुरुङले पाए । सर्वाधिक गोलकर्तामा होराइजन युवा क्लब स्याङजाका बिक्रम कुवँर भएका थिए । भिमाद युथ क्लब तनहु अनुशासित समूह घोषित भएको थियो । नगद पुरस्कारको साथमा ट्रफी प्राप्त गर्यो । प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु ७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

विजेता तथा उपविजेतलाई गण्डकी प्रदेशका उधोग पर्यटन बन तथा बातावरण मन्त्री बिकास लम्सालले पुरस्कार वितरण गर्दै माछापुच्छे« गाउपालिकाको सम्भाबित पर्यटकीय क्षेत्रको बिकासका निम्ति प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्रता ब्यक्त गरे । पोखरादेखि झण्डै १५ किलोमिटर दुरीको गाँउमा आयोजित फुटबल प्रतियोगिताले खेल पर्यटनलाई उजागार गरेको प्रतियोगिताका संयोजक पानबहादुर जिसीले बताए । ‘लाहाचोक फुटबलको लागि उर्वर भूमी हो । त्यसमा पनि अझ गण्डकी प्रदेश क्लबस्तरीय फुटबलले खेल पर्यटनमा नयाँ आयाम थपेको छ ।’ उनको भनाई थियो । आगामी मंगलबारदेखि पोखरा–२९ भण्डारढीकस्थित रंगशालामा गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु हुदैं छ ।

मुख्यमन्त्री कपमा जिल्ला लिग बिजेता टिम स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबले सहभागीता जनाउने छन् । बाग्लुङ फुटबल संघ र पर्वत, म्याग्दी तथा मुस्ताङबाट क्वालिाईफाईङ भएर आउने एक टिम गरी ९ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

मुख्यमन्त्री कप विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि हुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ ।