
पोखरा(खेलाडी न्युज)- गण्डकी प्रदेश सदस्य राजीव गुरुङ विरुद्ध हातपातको जाहेरी दिएका कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङलाई प्रहरीले शुक्रबार नियन्त्रण लिएको छ । अध्यक्ष गुरुङलाई बैंकिङ कसुरको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि फर्जी चेक दिएको आरोपमा पीडितले प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले दिउँसो अध्यक्ष गुरुङलाई पक्राउ गरेको हो ।
गत मंगलबार शुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उदघाटन समारोहमा प्रदेश सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेले उनीमाथि हातपात गरेका थिए । हातपात गरेको विरुद्धमा अध्यक्ष गुरुङले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले बिहीबार दिउँसो बसेकै होटलबाट प्रदेश सदस्य गुरुङलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका लागि प्रदेश सदस्य गुरुङलाई दुईदिनको म्याद थप गरेको छ । एन्फा कास्की अध्यक्ष गुरुङ लेखनाथमा सञ्चालित मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको आयोजक प्रदेश लिग कमिटिका कोषाध्यक्ष समेत हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…