
पोखरा(खेलाडी न्युज)-फागुनको पहिलो साता पोखरा म्याराथनको १४ औं सस्करण हुदैं छ । झण्डै डेढ दशक पार गर्न लागेको म्याराथनलाई भव्य र व्यवस्थित एवं गुनासोरहित बनाउने योजना आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चले बनाउने तयारी गरिरहेको छ । विभिन्न संघसंस्थासँग छलफल गर्दै सहयोगको लागि आग्रह गरिरहेको छ ।
सहभागि खेलाडीहरुले दौडको रुटमा सवारी साधनले अप्ठ्यारो बनाएको गुनासो गर्दै आएका थिए । ट्राफिक व्यवस्थापन राम्रोसँग नभएको खेलाडीको गुनासो १४ औं संस्करणमा आउन नदिने योजनासहित छलफलमा जुटिरहेको छ । ‘विगतमा म्याराथन दौडिने रुटमा यातायात र सुरक्षा व्यवस्थाको गुनासो थियो ।’ मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले छलफलको क्रममा भने–‘ खेलाडीले भोग्नुपरेको समस्या यो वर्ष दोहोरिनु हुदैन् । सुरक्षा र यातायात व्यवस्था चुस्त पार्नुपर्छ ।’
विगतमा म्याराथन रुटमा जथाभावी यातायात सञ्चालन गर्ने परिपाटीले खेलाडीले सास्ती खेप्नुपरेको गुनासो थियो । मञ्चले यातायात व्यवसायीसँग छलफल गर्दै त्यस्ता समस्या दोहोरिन नदिन आग्रह गरे । पृथ्वीराजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन यातायाती व्यवसायी प्रतिबद्ध रहेको विश्वास दिलाए । ‘म्याराथन रुटमा तीन घण्टा हामी सवारी चलाउँदैनौं ।’ उनको भनाई थियो ।
सुरक्षालाई पनि चुस्त बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले कुनै कसर बाँकी नराख्ने प्रष्टयाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले पोखरा म्याराथनलाई खेलकुदको विकास र सार्वजनिक हितको लागि प्रयोग गर्न आग्रह गरेका छन् । म्याराथनको दिनमा स्वयंसेवक परिचालनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको छ ।
१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानकालागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने दावी समेत गरिएको छ । पोखरेली मञ्च यूकेको नेतृत्वमा एक टोली यूकेबाट सहभागिताका लागि आउने छ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।
४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ । पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विलचियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतियहुनेलाई क्रमशनगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विलचियर र दृष्टी विहीन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनलाई सफल दूधले प्रायोजन गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…