
पोखरा(खेलाडी न्युज)- नेपालले आज पहिलो दिन आईसिसि क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसित खेलिरहेको छ । नेपालले टस जितेर ओमानलाई व्याटिंगको निम्तो दिएको छ ।
ओमानसितको डिभिजन लिग २ को एकदिवसीय सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । अविनाश बोहोरा र सुशान भारीले डेब्यु गरेका हुन् । ओमानका लागि पनि बादल सिंहले डेब्यु गरेका छन् । डेब्युमै सुशान भारीले ७ ओभरमा १ मेडन राख्दै दुई विकेट लिएका छन् । file pic


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…