
पोखरा(खेलाडी न्युज)-माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा शनिबार पोखरामा सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिता शुरु भएको छ । वाईन किङको मुख्य प्रायोजनमा आयोजित भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गरेका छन् ।
पोखरा रंगशालाास्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको फाईनलमा दिपेश खत्रीको कप्तानीमा रहेको टिम मिराकल ग्लाडियटर्स फाईनलमा प्रवेश गरेको छ । सेमिफाईलनमा मिराकलले स्याङजा रिवल्सलाई ७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
टस जितेर व्याटिङमा उत्रिएको मिराकलले विना विकेटको क्षतिमा ६२ रनको योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीले २५ रन हिर्काए भने रफिक लङ्गु(आलम)ले २९ रनको योगदान दिए । स्याङजाले ६३ रनको लक्ष्य पछ्याउने क्रममा केवल ५५ रनमै समेटिएको थियो । खेलमा म्यान अफ दि म्याच आलम घोषित भए ।
न्युरोड ब्लाष्टर्स र साग्रिला भेट्रान्स बीचको सेमिफाईनल खेल भने वर्षाको कारणले स्थगित हुन पुगेको छ । आगामी शनिबार सेमिफाईनल र फाईनल खेल हुने आयोजक माछापुच्छ्रे क्रिकेट क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए । न्युरोड र सांग्रिलाको विजेताले उपाधिको लागि मिराकलसित प्रतिस्पर्धा गर्ने छ ।
प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङजा रिवल्स, योगेश सुवेदीको कप्तानी रहेन फेवा वारियर्स, प्रकाश श्रेष्ठले नेतृत्व गरेको न्युरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा रहेको सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाईन किङ फाईटर्स, दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्सले प्रतिस्पर्धामा उत्रिएका छन् । ३० वर्ष माथिको उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गराईएको यो पहिलो प्रतियोगिता हो ।
प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, प्लेयर अफ दि सिरिज सहित विजेता तथा उपविजेतालाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उदघाटन खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले गरेका थिए । उनले व्याटिङ गर्दै प्रतियोगिता उदघाटन गर्दै प्रतियोगिताले युवापुस्तालाई क्रिकेटप्रतिको लगाव बढाउन प्रेरित गर्ने उल्लेख गरे । प्रतियोगितालाई कफी बगानले सह प्रायोजन गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…