
पोखरा(खेलाडी न्युज)-पोखरा क्रिकेट एकेडेमिको आयोजनामा पर्सी बुधबारदेखि यु-१६ एक दिवसीय लिग क्रिकेट हुदै छ । पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो पटक उमेर समूहको एक दिवसिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । राउण्ड रोविन लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्यांग्जाको सहभागिता रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिए । उनले पोखराको क्रिकेटको विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित पहिलो पटक एक दिवसीय क्रिकेट आयोजना गरिएको प्रष्ट्याए ।
१० दिन सम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ्गले बताए । शीर्षस्थानमा रहने टिम च्याम्पियन बन्ने छ। च्याम्पियन टोलीले नगद २० हजार राशीको पुरस्कार सहित ट्रफी प्राप्त गर्ने छ । गण्डकी प्रदेश क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा रहने छ। त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने पनि यस पत्रकार सम्मेलनमा एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्गले जुनियर लेभलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्पmबाट आर्थिक एवं भौतिक सहयोग समेत गर्ने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नितान्त क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई व्यापक गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे । पत्रकार सम्मेलनमा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…