आईटिएफ विश्व बरियता यु–१८ जुनियर टेनिस, महिला तर्फ सुखद नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आईटिएफ विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपालकी प्रेरणा कोइराला र अभिलाषा विष्टले तेस्रो दिन बुधबार जित निकालेका छन् । कोइरालाले पोखरा रंगशालास्थित टेनिस कोर्टमा जापानकी केइदे हातनोलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–१, ६–२ ले पन्छाईन् ।

विष्टले पनि महिला तर्फ नै जितको खुशी मनाउने क्रममा भारतीय खेलाडी मिली चुगलाई सोझै सेटमा पराजित गरिन् । उनले ६–३, ६–२ को सेटमा पन्छाउँदै आईटिएफ यु–१८ मा आफनो यात्रालाई निरन्तरता दिईन् । सलोनी तामाङले हङकङकी एरिका कामना हागीको चुनौति पन्छाउने क्रममा ६–२, ६–३ को सेटमा पराजित गरिन् ।

जापानी खेलाडी अइका नागासावाले भारतीय खेलाडी रिया उबोभेजाले ६–३, ६–४ को सेटमा पराजित गरिन् । चिनियाँ खेलाडीले हुवाई चाङले भारतीय खेलाडी हर्दिया शालाई ६–२, ४–६, ६–४ को सेटमा पराजित गरिन् ।चीनकी सुहाङ लियाङले मलेसियन खेलाडी हुई ईल सुलाई ७–५, ७–५ को सेटमा पराजित गरिन् । त्यसैगरी अर्को खेलमा भारतीय खेलाडी गर्गी परवरले नेपालकी श्रवाणी श्रेष्ठलाई ६–०, ६–१ को सेटले किनारा लगाईन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा अमन दहियाले हेडन खु मेननलाई ६–२, ६–३ को सोझो सेटमा नजिता आत्मसात गरे । भारतीय खेलाडी जैसिभिन सिद्नाले रोह्य मियाकीले ६–१, ६–१ को सेटमा पराजित गरेका छन् । यसैगरी जापानकी साटोरु नाकाजिमाले भारतीय खेलाडी हिरक भोराले ६–३, ६–० को सोझो सेटमा पन्छाए । भारतीय खेलाडी आर्यन लक्ष्मणले भारतकै अदित्यबरदान रोय चौधरीलाई ७–५, ७–५ को सेटमा पराजित गरेका थिए ।

भारतीय खेलाडी कृष्ण होडाले हङकङका म्याक्स सुन हाङ वाकलाई ६–१, ६–२ को सेटमा जित निकाले । जर्मनका पाउल अर्मिन अल्ब्रक्टले फ्रान्सका लुकास फन्तलालाई ६–२, ६–४ को सेटमा पराजित गर्र्दा अंक जोडका छन् । जापानका शोगो साण्डाले भारतीय खेलाडी प्रान्जल तिवारीलाई ३–६, ६–०, ६–२ को निर्णायक सेटमा आफनो पक्षमा पारे ।

पुरुष डबल्स तर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी अदित्यबरदान रोय चौधरी र जैसभिन सिन्दाको जोडीले नेपालका सम्याक बच्रचार्य र आर्यन गिरीको जोडीलाई ६–३, ६–४ को सेटमा पराजित गरेका थिए । त्यसैगरी जापानका साटुरो नाकाजिमा र शोगो साण्डाको जोडीले मलेसियाका हेडन खु मेनन र जापानीज खेलाडी रोहिई मियाकी को जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका हुन् । महिला डबल्स तर्फको प्रतिस्पर्धामा चीनकी केतिङ चेन र नेपालकी प्रकृति श्रेष्ठको जोडीले मलेसियाकी हुई इल सु र नेपालकी सलोनी तामाङको जोडीले ६–२, ६–३ को सेटमा पराजित गरेको कास्की जिल्ला टेनिस संंघका सल्लाहकार एवं प्रतियोगिताको संयोजक सुर्य भुजेलले बताए ।