
पोखरा(खेलाडी न्युज)-पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यत्सुके थाकानासीले जितेका छन् । उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहर धावक हुन् ।
दोस्रो स्थानमा भने गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक जितेका शसस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो स्थानमा चिक्त बुझाए । उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापा आए । उनले २ घण्टा २९ मिनेटको पुरा गरे । चौथो स्थानमा भने गणेशसिंह ठकुरी रहे । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सन्त्वना स्वरुप प्राप्त गरे ।
१० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर रहे । महिला तर्फ इन्द्रकला राई धरान, अनिता राई सोलु र अमेरिकन धावक वेण्डीले तेस्रो स्थानमा रहिन् । उनीहरुले पुरस्कार स्वरुप १५, १० र ५ हजार नगद प्राप्त गरेका छन् ।
१४ औं सस्करणसम्म आईपुग्दा १३ वर्ष अघि राखेको पोखरा म्याराथनको रेकर्ड भने तोडिएको छैन् । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैटौं म्याराथनमा राखेको २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दै उपाधि जितेका हुन् । जुन समय अहिलेसम्म तोडिएको छैन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सिटी म्याराथनको अवधारणासँगै २०५८ सालदेखि पोखरा म्याराथनको शुरुवात गरिएको थियो । पोखरा म्याराथनको १४ औं सस्करणमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा रन फर फनमा सहभागि भएका थिए । उनले ५ किलोमिटरको दुरीलाई पुरा गर्दै ‘स्वास्थ्यका लागि, शान्तिका लागि, पोखराको लागि र पर्यटनको लागि दौड’ भन्दै आफुले पाँच किलोमिटर पुरा गरेको प्रतिक्रिया दिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…