
पोखरा(खेलाडी न्युज)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् ।
खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको दबावले खेलाडीलाई मानसिक तनाव सृजना भएको उल्लेख गर्दै समस्याको समाधान गर्दा दुई घण्टा ढिलो भएको बताए । आईटिएफ टुर्नामेन्ट डाईरेक्टरलाई दबाव दिएको बुझिएको छ ।
यसैगरी पुरुष तर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे । दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफनो नाममा लेखाउँदै ३० अंक जोडे । अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेल लगायतले पुरस्कार प्रदान गरेका थिए । पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो । अघिल्लो वर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको छ । यु–१८ सर्किट १ भने प्रतियोगिता काठमाडौंमा आयोजना गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…