
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला आर्चरी संघको चार वर्षे कार्यकालको लागि योगेन्द्र शेरचन पुन दोहोरिएका छन् । उपाध्यक्ष बसन्त गौचन(साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्षमा भिमबहादुर पुन, सह सचिव चित्रबहादुर रोक मगर, सदस्यमा सन्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामी मगर, मोनिका रानामगर रहेका छन्
यसैगरी अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनले बसन्त गौचन (साकुरा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दिपक तुलाचन, सचिव सन्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान लालचन, सदस्यमा उमेश तुलाचन, छेमबहादुर बुढा, विकल थकाली, मिनप्रसाद छन्त्याल ओमप्रसाद गुरुङ, महेन्द्रबहादुर गुरुङ ताङ्वे रहेका छन् । क्लब र संघको कार्यसमिति चार वर्षको हुने छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले निर्वाचन मण्डलको भूमिका निर्वाह गरेका थिए । अधिवेशनको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…