
पोखरा(खेलाडी न्युज)-पर्वतमा आयोजित चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि शसस्त्र प्रहरी बलको एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।
बिहीबार भएको प्रतिस्पर्धामा एपीएफले होन्गाजी न्यु डायमण्डलाई सोझो सेटमा परािजत गर्दै फाईनल सुरक्षित गर्यो । अघिल्लो दिनको भन्दा सुधारिएको प्रदर्शन गरेको डायमण्ड एपीएफसँग २५-१३ , २५-२०, र २५ -२१ को सेटमा पराजित गरेको थियो ।
यसैगरी अर्को सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले विभागीय क्लब नेपाल आर्मीलाई सोझो सेटमा पन्छायो । आर्मीलाई पन्छाउने क्रममा पुलिसले आर्मीलाई २५-१९, २५-२३ ,२६-२४ को जित निकाल्यो । एपीएफ र नेपाल पुलिसले उपाधिको लागि प्रतिस्पर्धा गर्दा आर्मीले डायमण्डसँग तेस्रो स्थानको लागि खेल्ने छ । विजेताले २लाख, उपविजेताले १ लाख र तेस्रो स्थानमा रहने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने रेफ्री संयोजक टहलसिंह थापाले बताए । file pic


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…