
पोखरा(खेलाडी न्युज)-पोखरामा आयोजित प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको तेस्रो दिनपनि टास्क हुनै सकेन् । टास्क नहुदाँ पाईलटहरु सराङकोट पुगेर फर्किन बाध्य भएका छन् । अब तीन दिनको टास्क बाँकी छ । तीन दिनसम्म पनि मौसमले साथ नदिएको अवस्थामा पहिलो दिन गरिएको टास्कै आधारमा विजेता घोषणा गरिने छ ।
नेपाल हवाई खेलकुद संस्था नाको आयोजनामा पोखरामा आयोजित प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरमा सहभागि १९ देशका पाईलटले विहान १० बजेपछि सराङकोट उडानको लागि पुगेर फर्किएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । क्रसकन्ट्री प्रतिस्पर्धामा प्रत्येक पाईलटले दिइएको टास्क पुरा गर्नुपर्ने हुन्छ ।
‘मौसमले टास्क हुन सकेन् । सबै पाईलट उडानस्थल पुगेर फर्किए ।’ अध्यक्ष भण्डारीले भने–‘पाईलटलाई दिईएको टास्क पुरा गर्ने सम्भावना नदेखिएपछि बिहीबारको टास्क पनि रद्द हुन पुग्यो । मंगलबार उडान भरेपनि मौसममा आएको खराबीले रद्द भएको थियो भने बुधबार दिनभर जसो पानी परेपछि टास्क हुनै सकेन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…