
पोखरा(खेलाडी न्युज)-दुईसाता पछि एभरेष्ट प्रिमियर लिग फ्रेन्चाईज क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । नेपालमा आयोजना हुने फ्रेन्चाईज लिग क्रिकेटमा यो सबैभन्दा ठूलो धनराशीको हो । काठमाडौंमा आयोजना हुने प्रिमियर लिगको खेल तालिका समेत सार्वजनिक गरिएको छ । उदघाटन खेल पोखरा राईनोजले ललितपुर प्याट्रीट्स बीच हुने छ ।
मार्च १४ गतेदेखि शुरु हुने छ । १५ मार्चमा विराटनगर वारियर्सले चितवन टाईगर्ससँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल भैरहवा ग्लाडियटर्सले काठमाडौ) किग्स ११ सित खेल्ने छ । मार्च १९ लाई आरामको दिन तोकिएको छ । मार्च २७ लाई पनि आराम दिनको रुमपा राखिएको छ ।
मार्च २४ मा क्वालिफायरको लागि प्रतिस्पर्धा हुने छ । २५ मार्चमा एलिमेनेटोरको प्रतिस्पर्धा र २६ मार्चमा दोस्रो क्वालिफायर प्रतिस्पर्धा हुन्ेछ । त्यसपछि २८ मार्चमा फाईनल प्रतिस्पर्धा हुने खेल तालिका तय गरिएको छ । लिगमा अन्तिम खेल पोखरा राईनोजले चितवन टाईगरसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…