
पोखरा(खेलाडी न्युज)-तीन दिनको खराब मौसमपछि पोखरामा आयोजित प्याराग्लाईडिङको वल्र्डकप–एशियन टुर २०२० को पहिलो टास्क पुरा भएको छ । पहिलो दिनको टास्क पुरा गर्ने क्रममा टिम कोरिया र व्यक्तिगत पुरुष तर्फ पनि कोरियन खेलाडी शीर्षस्थानमा छन् । नेपाल खेलाडी युकेश गुरुङ भने व्यक्तिगत क्रसकन्ट्री विधामा चौथो स्थानमा रहेर वल्र्डकप टुरको पहिलो दिनको टास्क टुंग्याएका छन् ।
नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजनामा सञ्चालित वल्र्डकप –एशियन टुरको पहिलो दिन ४० किलोमिटरको टास्क पुरा गदै व्यक्तिगत तर्फ कोरियन पाईलट चिक योङले ७५० अंकसहित अग्रता लिएका छन् । उनलाई कोरियन पाईलट जोङम्यान चोयले पछ्याईरहेका छन् । चोयले ७४४ अंक जोड्दै दोस्रो स्थानमा रहेका छन् । कोरियाकै मुन्सिभ लिम भने तेस्रो स्थानमा रहदे । उनको ७३७ अंक छ । नेपालका युकेश गुरुङ भने ७१४ अंक सहित चौथो स्थानमा छन् । नेपालले गत वर्ष इण्डोनेसियामा आयोजित एशियन गेम्समा प्याराग्लाईडिङ टिम इभेण्टको क्रसकन्ट्रीमा ऐतिहासिक रजत पदक जित्दा युकेश महत्वपूर्ण पाईलट(खेलाडी)को रुपमा रहेका थिए ।
टिम क्रसकन्ट्रीको प्रतिस्पर्धामा कोरिया शीर्ष स्थानमा छ । कोरियाले २० अंक ल्याउदाँ नेपाली टोली दोस्रो स्थानमा छ । नेपाली टोलीले १७ अंक प्राप्त गरेको छ । त्यसैगरी टिम एभरेष्ट नेपालले १४ अंकसहित तेस्रो स्थानमा छ । टिम इभेण्टको क्रसकन्ट्रीमा ४–४ जना पाईलट हुन्छन् । प्रत्येक पाईलटले पुरा गरेको टास्क अनुसार प्राप्त नम्बर जोडिन्छ ।
महिला तर्फको इभेण्टमा भने अमेरिकन पाईलट ग्यालेनले २०६ अंकसहित शीर्षस्थानमा छिन् । कोरियन पाईलट यना लि दोस्रो स्थानमा रहने क्रममा १५५ अंक छ । त्यसैगरी स्वीस पाईलट सुशान भने ६८ अंकसहित तेस्रो स्थानमा रहेको नेपाल हवाई खेलकुद संस्था(ना)का निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले बताए । उनका अनुसार बिहीबारको टास्क ५२ जना पाईलटले पुरा गरेका थिए । वल्र्डकप–एशियन टुरमा १९ देशका ८९ पाईलट सहभागि छन् । शुक्रबार दोस्रो दिनको टास्क भने मौसम अनुसार निर्धारण हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…