
पोखरा(खेलाडी न्युज)-तनहुँमा जिल्ला रग्बी संघ गठन गरिएको छ । केही दिन अघिमात्रै बसेको भेलालले कमल हमालको अध्यक्षमा नेपाल रग्बी संघ तनहुँ गठन गरिएको हो । तनहुँमा गठन अघि नै कास्कीमा रग्बी संघ गठन गरिएको थियो । रग्बी संघ गठन गरिएपनि कास्कीमा भने रग्बीको गतिविधि भने शून्य छ ।
तनहुँमा गठित ११ सदस्य कमिटिको उपाध्यक्षमा विष्णु थापा,सचिवमा मिनबहादुर थापा, सहसचिवमा हर्कबहादुर थापा मगर ,कोषाध्यक्षमा पुकार मल्ल चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा ज्योति रोक्का,सोम गुरुङ,विनोद श्रेष्ठ,विशाल वि.क ,विकास श्रेष्ठ र गणेश गुरुङ चयन भएका छन् ।
त्यसै गरी भेलाले केन्द्रीय साधरण सभाका लागि संघका जिल्ला अध्यक्ष ठकुरीलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ । भेलाको लागि कास्कीबाट सुवास खड्काको उपस्थिति थियो । रग्बी खेलको लागि आवश्यक पुर्वाधार भने गण्डकी प्रदेशमा छैन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…