
पोखरा(खेलाडी न्युज)-पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसकेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब पेनाल्टी सुटआउटमा पराजित हुदैं १८ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिएको छ । झापा ११ सितको प्रतिस्पर्धात्मक खेलमा ५३ औं मिनेटमा शसस्त्रले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीलाई नविन लामाले प्रहार गरे । झापा ११ का गोलकिपरले बचाउ गरे । आफ्नै गल्तीमा पाएको पेनाल्टीलाई बचाउ गर्दै झापालाई पेनाल्टी सुटआउटसम्मको अवस्थामा पुर्याए ।
पेनाल्टी सुटआउटमा झापाकै गोलकिपर फेरी एकपटक नायक सावित भए । उनले शसस्त्र प्रहरी बलको एक पेनाल्टीलाई रोकेपछि झापा ११ ले क्वार्टरफाईनल भेट मनांग मस्र्यांगदीसँग पक्का गर्यो । पोखरा रंगशालामा बुधबार आयोजित गोल्डकपमा झापाले पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो ।
निर्धारित समय गोलरहित बराबरी खेलेको दुवै टोलीले थपिएको अतिरिक्त समयमा १–१ गोलको नतिजा निकाले ।
अतिरिक्त समयको २१ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै झापालाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एपिएफका लागि प्रविन स्याङताङको क्रसलाई आकाश बुढामगरले हेडमार्फत जाली चुमाएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । एपिएफका सुदिप शिख्राकारको पेनाल्टी झापाका गोलरक्षकले पञ्च सेभ गरेपछि जित सुनिश्चित बन्यो । झापाको लागी हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राइले गोल गरे भने एपीएफका लागी नविन लामा, राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे ।
दुई पेनाल्टी प्रहारलाई बचाएका झापाका गोलरक्षक राजकुमार खेलको म्यान अफ द म्याच घोषित भए । झापाले फागुन २५ गते मनाङ मस्र्याङदी क्लवसँग प्रतिश्पर्धा गर्नेछ । शनिबार आयोजक सहाराले नेपाल पुलिस क्लवको सामना गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…