
पोखरा(खेलाडी न्युज)-पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन् । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्र भएको मैदानमा महिला वा पुरुषको राष्ट्रिय प्रतियोगिता गर्न सकिने छ । दोस्रो मैदान छैन् । पोखरा–३ नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र(प्रदेश सभास्थल)मा मैदान उपलब्ध छ । यद्यदी प्रदेशको सभा बसेको छ ।
स्याङजाको फेदीखोला गाँउपालिकाले क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण शुरु गरिसकेको छ । आगामी फागुनभित्रमा क्रिकेट पीच तयार पार्ने योजनासहित काम गर्दै छ । कोभिड–१९ को महामारी छ । देशमा लकडाउन जारी छ । यद्यपी लकडाउनकै बीचमा मैदान निर्माण कार्यलाई अगाडि बढाईएको छ । आगामी आर्थिक वर्षमा मैदान तयार गरेर प्यारापिट निर्माण पुरा गर्ने लक्ष्यसहितकाम गरिएको फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
‘हामीले क्रिकेटको मापदण्ड अनुसार नै मैदान तयार गर्दै छौं’ उनले भने–‘गाँउपालिका र संघीय सरकारको आर्थिक सहयोगमा मैदान गतवर्षदेखि बनाउन शुरु गरिएको हो ।’ उनका अनुसार संघीय सरकारको ४० लाख र गाउँपालिकाको १० लाख रुपैयाँबाट काम शुरु गरिएको छ । संघीय सरकारले सार्वजनिक गरेको नीति तथा सार्वजनिक कार्यक्रम २०७७÷७८ मा खेलकुद पूर्वाधार निर्माणलाई निरन्तरता दिने उल्लेख गरेको छ ।
‘फागुनसम्म पीच तयार गरिने छ’ गाउँपालिका अध्यक्ष सुवेदीले भने–‘त्यसपछि मैदानको चारैतिर प्यारापिट निर्माण गर्ने छौं ।’ उनको अनुसार पीचदेखि ७० मिटरको बाउण्ड्री बन्ने छ । फेदी खोला किनारमा तारजालीसहितको ग्याभिन लगाउन शुरु गरिएको छ । ‘फेदी खोलको गौरव आयोजनाको राख्दै विस्तृत परियोजना प्रतिबेदन(डिपिआर) बनाई काम शुरु गरिएको छ ।’ उनको भनाई थियो । उनका अनुसार खोला किनारमा ग्याभिन र नपुग क्षेत्रफलको लाडि डाडाँ कटानको काम गरिएको छ । मैदानपछि दश हजार दर्शक क्षमताको प्यारापिट बनाउने लक्ष्य गाँउपालिकाले लिएको छ ।
क्रिकेट मैदानको लागि व्यक्तिगत जग्गा समेत छ । तर व्यक्तिगत जग्गालाई गाँउपालिकाले दानमा प्राप्त गरेको हो । एक रोपनी क्षेत्रफल व्यक्तिले मैदानको लागि निशुल्क उपलब्ध गराएको अध्यक्ष सुवेदीले सुनाए । ‘डाडाँ १५ मिटरसम्म कटान गरेर लेभलिङ गर्ने छौं ।’ उनले स्पष्ट पारे । आगामी आर्थिक वर्षदेखि दोस्रो चरणको काम अघि बढाईने उनले बताए । ग्याभिन लगाउने काम भने इथिक्स इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।
‘यो मैदान स्याङजाकै गरिमाको विषय हो । मैदान निर्माणपछि स्याङजामा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’ स्याङजा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले भने–‘मैदान अर्को वर्ष तयार भईसक्ने छ ।’ क्रिकेट संघले विभिन्न कार्यक्रम समेत बनाउँदै खेलाडीको अनलाईन फर्म समेत दर्ता गरिरहेको छ । एक दिवसीय क्रिकेट, टी–२०, क्लबस्तरीय लिग, विद्यालयस्तरीय क्रिकेट लगायतका गतिविधि सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको अध्यक्ष थापाले बताए ।
तस्बिर दिवाकर थापा (स्या.जि. क्रि. संघ स्याङजा)


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…