
खेलाडी न्युज(पोखरा)-पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको छ महिनाभित्रमा काम फत्ते गर्ने कम्पनीले जनाएको छ । कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई भने आर्थिक भार बढेको छ ।
२०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका थिए । भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो । जिम्मेवारीसँगै २०७६ मंसिर १५–२४ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता तयारी नहुदैं मैदानमा खेलाईएको थियो ।
- मंसिर मसान्तसम्ममा भिआईपी प्यारापिट निर्माण सकिने
- अफिसियल भवन निर्माणको स्वीकृति परिषदले अझै दिएन्
- स्वीकृति दिएको छ महिनाभित्र निर्माण सक्ने कम्पनीको लक्ष्य
- लकडाउनले कम्पनीलाई थपियो आर्थिक भार
साग हुनु अघि नै कम्पनीको म्याद पहिलो पटक थप गर्दै चैत मसान्तसम्म थपिएको थियो । चैतकै दोस्रो सातादेखि लकडाउन भएपछि काम पूर्ण रुपमा ठप्प हुन पुग्यो । चैत मसान्तपछि असार मसान्तसम्म म्याद थपियो । २०७७ असार मसान्तसम्म पनि कामको खासै प्रगति भने भएन् । परिषदले म्याद असारबाट थपेर मंसिर मसान्तसम्म पु¥याएको छ । ‘मंसिर मसान्तसम्म भिआईपी प्यारापिटको सबै काम टुग्याउँछौं’ कम्पनीका स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘भिआईपी प्यारापिटका आवश्यक सामान भारतबाट मगाईसकिएको छ । ढिलोमा अर्कोसातासम्म सामान आईपुग्छ ।’ सामान आउनेवित्तिकै फटाफट काम टुंगाग्याइने उनको भनाई थियो । भिआईपी प्यारापिटको छानोको काम बाँकी छ । भईरहेका कामदारबाट चैतयता मैदानको गोडमेलको काम गर्दै आएको छ ।
लकडाउनकै कारण कम्पनीले मैदान मर्मत सम्भारको भार बढेको छ । एक वर्ष स्टाफ खर्च बढेको छ । कम्पनीलाई एक करोड रुपैयाँ आर्थिक भार थपिने कम्पनीले जनाएको छ । ‘अफिसियल भवनको अझै स्वीकृति पाईएको छैन्’ उनले भने–‘स्वीकृति पाएको छ महिनामा निर्माण पुरा गरेर परिषदलाई हस्तान्तरण गर्ने छौं ।’ बीच बीचमा काम रोकियो । स्पीडमा काम गर्न पाईएन् । अहिले कोरोनाले काम ठप्पै भएको छ । ‘कोरोना त्रास हटेपछि मात्रै काम गर्छौ’ उनले थपे–‘अफिसियल भवन र बाँकी सिट जडान गर्न ६ महिना लाग्छ ।’ उनले मैदानको पूर्व तर्फ अफिसियल भवनको लागि डिजाईन पेश गरिसकिएको छ । पेश गरिएको डिजाईनलाई परिषदले समेत स्वीकृत गर्दै कन्सल्ट्यान्टलाई पठाईसकेको छ । परिषदले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौतामा गरेको हो । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भईसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ ।
तस्बिर ई. प्रनिस ताम्राकार


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…