
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) टोटेनह्यामले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।
ह्यारी केनको कप्तानीमा मैदान उत्रने टोटनहमलाई खेलाडी चोटको ठुलो समस्या छैन । डिफेन्डर टानगानगा भने थाई इन्जुरीको कारण टिममा छैनन् ।
तर, जोसे मोरिन्होको टिमलाई बलियो एभर्टनविरुद्ध कठिन भने हुनेछ ।
एभर्टन पनि जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
कार्लो एन्सेलोटीको टिम एभर्टनले हालै अनुबन्ध गरेको फरवार्ड जेम्स रोड्रिगेजलाई मैदान उतार्ने संभवाना छ । एभर्टनले जेम्सलाई रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्नेछ ।
वेस्ट ब्रुमको मैदानमा हुने खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।
लेष्टर घरेलु टोलीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । वेस्ट ब्रुम पनि सुखद सुरुवात गर्न चाहन्छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…